१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा

नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम

स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार थप १८ जना नयाँ संक्रमित फेला परेपनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिडका बिरामी छैनन्।

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो लहरको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त कक्ष सञ्चालनमा ल्याउन नसकिएको हो । कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झन्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डँडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । रासस

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, साउन १५। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य म

संक्रमित अस्पतालको आँगनमै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन

३१ वैशाख, काठमाडौं । कोरोना महामारीले विकराल रुप लिंदै गर्दा अस्पतालहरु गम्भीर बिरामीले भरिएका छन् । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै पर भइसक्यो, अस्पतालको प्रांगणमा बसेर अक्सिजनसमेत पाउन सकेका छैनन् । अक्सिजन अभावकै कारण हरेक दिन मानिसले मृत्युवरण गर्नु परेको छ । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुग्दा धेरै बिरामी बेडको पर्खाइमा देखिए । […]

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०

पातलिँदै संक्रमित संख्या, ९५२ आईसीयू र ४३८ भेन्टिलेटर खाली

आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समयमै उपचार नपाएको समाचार केही महिनाअघिसम्म आइरहन्थे । कोरोना संक्रमणको दरमा कमी आएसँगै सातवटै प्रदेशमा रहेका अस्पतालहरुमा आईसीयू तथा भेन्टिलेटर कक्षहरुमा चाप कम हुन थालेकाे छ । २०७७ साउनमा मात्रै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सुजित बस्नेत साउनमा गाउँको भाईलाई कोभिड भएपछि बेड नपाएर पावर लगाउने अवस्था आएको सम्झनुहुन्छ । ‘मैले यति छिट्टै कोरोना यो अवस्थामा आउला भनेर सोचेको पनि थिइनँ’ बस्नेतले भन्नुभयो । कुनै समय नेपालभरका ‘आईसीयू र भेन्टिलेटर’ पाउँदा कोरोना संक्रमितले युद्ध जितेको महसुस गर्नुपर्दथ्र्यो । अत्याधिक चाप बढेसँगै नेपालका सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि जनरल, आईसीयू तथा भेन्टिलेटर बेड अनिवार्य रुपमा खालि गराउन निर्देशन दिनुपरेको थियो ।

आईसीयू र भेन्टिलेटर चाहिने संक्रमितलाई शय्या पाउनै मुस्किल

काठमाडौं । पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल छ । तर मध्यम लक्षण