गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुटछ, भिजे पनि फुट्छ : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि वेला फुट्ने बताएका छन्।सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुके पनि फुट्ने र भिजे भने पनि फुट्ने टिप्पणी गरे। बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप लगाए।ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गरे। उनले काँग्रेस मह