सूचना प्रविधिको विकास विना मुलुकको विकास गर्न सकिँदैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् । लिभिङ विथ आईसीटीले शुक्रवार साँझ आयोजना गरेको आईसीटी अवार्ड २०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास विना मुलुकको विकास गर्न नसकिने बताए । उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेको समेत बताए । मन्त्री कार्कीले आईसीटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रस्फुटनमा मद्दत पुर्‍याउने बताए । उनले ...