लोसपाले पनि पारित गर्यो प्रदेश २ को संसदीय दलको विधान

जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।बैठकले विधान पारित गरे पनि संसदीय दलको नेता छान्न सहमति हुन नसकेको सांसद परमेश्वर साहले बताए।उनले प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाउने प्रयास भएको तर सहमति हुन नसकेकाले निर्वाचन प्रक्रियामा जाने बताए।