सटडाउन सकस : दुई दिनमै सरकारको खर्च ९९.९८ प्रतिशतले घट्यो

बजेटमा राजनीतिकरण हुँदा सार्वजनिक खर्चमा कुन हदसम्मको अवरोध भोग्नुपर्छ भन्ने सबक नेपालले भर्खरै सिकेको छ । अघिल्लो सरकारले सदन छलेर अध्यादेशबाट बजेट ल्यायो । पछिल्लो सरकारले त्यसलाई स्वीकारेन, अध्यादेश निष्क्रिय हुँदासम्म बजेट नै ल्याउन सकेन । प्रतिपक्षले पनि राज्य खर्च संकटमा देखिँदा बजेट पारित गराउनेतर्फ संवेदनशीलता देखाएन । फलत: सरकारले बजेट खर्चिन नपाउने स्थिति (गभर्मेन्ट सटडाउन) निम्तियो । भदौ ३१ गतेयता सरकारले ढुकुटी (संघीय सञ्चित कोष) बाट रकम झिक्न पाएको छैन ।महालेखा नियन्त्रक कार्या