राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।
प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी भएकी थिइन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सर्वोच्चका न्यायाधीश…