काठमाडौँ,९ साउन । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको […]