सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्कनेको लर्को (फोटो फिचर)

धनगढी  :  भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभूमि भित्रिन थालेका हुन्।हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ। रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभूमि भित्रिन थालेका छन्।कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थडेस्कको ब्यबस्थापन गरिएको