१६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने व्यवसायीको चेतावनी

काठमाण्डाै – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ ।महासङ्घले आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ ।पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या स...