‘बीवाइडी डल्फिन’ सार्वजनिक

काठमाडौं। नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले विद्युतीय गाडी ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रममार्फत ‘बीवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले यसको शुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । डल्फिन ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी भएको बताइएको छ । यो ह्याचब्याग बीवाइडीको ओसियन सिरिजको पहिलो गाडी भएको बताइएको छ । डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको र एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । बीवाइडी डल्फिनको विक्री शुभारम्भले सवारीसाधन व्यवसायको क्षेत्रमा कोसेढुंगा सावित भएको कम्पनीको दाबी छ । साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र नभई समाधानको रूपमा आएको बताए ।