मकवानपुर । नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले मकवानपुरमा स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न कार्यक्रम सुरु गरेको छ । कान्छो दल भए पनि यसले बागमती प्रदेश सरकारको नेतृत्व गरेको छ । त्यसैले मकवानपुरका सबै पालिकामा यो पार्टीले आफ्नो उपस्थिति जनाइसकेको छ ।नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचन लक्षित गरी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएको छ । मकवानपुरका ८ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा आफ्नो संगठन निर्माण गरेर वडा, टोल र गाउँ कम