काठमाण्डाै - अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अमेरिकामा कोरोना भाइरस महामारीको चौथो चरण थप जोखिमपूर्ण हुने चेतावनी दिएको छ ।
सीडीसी प्रमुख डा. रशेल वालेन्स्कीले तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण हुने बताउनुभएको बीबीसीले जनाएको छ । गएको हप्ता दैनिक औसतमा ७० हजार जनामा सङ्क्रमण देखिएको र त्यो अति उच्च रहेको डा. वालेन्स्कीको भनाइ छ ।
गएको हप्ता औषतमा दैनिक दुई हजार अमेरिकीको कोरोनाका कारण ज्यान गएको थियो । डा. वालेन्स्कीले नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिम...