प्रदेश २ मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट
प्रदेश २ मा पछिल्लोपटक भएको मन्त्रिपरिषद्विरुद्ध उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता राजकुमार महासेठले बिहीबार प्रदेश सरकार विस्तारविरुद्ध उच्च अदालतमा रिट दायर गरेका हुन् । रिट निवेदनमा प्रदेश...
जनकपुरधाम । प्रदेश नम्बर–२ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता राजकुमार महासेठले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मुख्य विपक्षी बनाई रिट दर्ता गराएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतले गएको जेठ २६ गते नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । उक्त मन्त्रिपरिषद् विस्तार समावेशी...
जनकपुर । प्रदेश नं. २ मा गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी बनाउन माग गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता गरिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा एड्भोकेसी फोरमका प्रदेश २ संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमितकुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रूपमा रहेको मौलिक हक समेतको कार्यान्वयनका लागि संविधानका विभिन्न धाराबमोजिम समावेशिताको पालना हुनुपर्ने जिकिर गरेका छन् । रासस