तातोपानी कुण्डमा नुहाएपछि ज्यान हलुङ्गो भयो, कुण्ड संरक्षण गर्नुपर्छ : एमाले उपमहासचिव गुरुङ

म्याग्दी – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तातोपानी कुण्डलाई म्याग्दी नदीको कटानबाट जोगाउन तत्काल संरक्षण गर्नुपर्ने बताउनुभएको छ । आज (मङ्गलवार) तातोपानी कुण्डको स्थलगत अवलोकनपछि उहाँले संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।  एमाले उपमहासचिव गुरुङले नजिकैबाट बगिरहेको म्याग्दी खोलाको कटानले जुनसुकै समयमा पनि कुण्डलाई असर गर्ने हुँदा संरक्षणको पहल थाल्न आवश्यक रहेको बताउनुभयो । उहाँले तातोपानी कुण्डको संरक्षण गर्नका लागि म्याग्दी खोलाको किनारमा ग्याबिन, जालीभन्दा पनि ठूल्ठूला ढुङ्गाको बलियो पर्खाल लगाउनु...