अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र असार १६ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित ग