काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफूहरुको विरोध रहने बताएका छन्। सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। चीनको चर्को विरोधका बाबजुद दुई दिन अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्। ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल