हामी भोकभाकै मर्न तयार छौँ, न्यायालय सुधारको आन्दोलन रोकिँदैन– पूर्णमान शाक्य

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बारको अवरोधका बाबजूद प्रधानन्यायाधीश चोरबाटोबाट न्यायालय प्रवेश गरेको आरोप लगाएका छन् । चोरबाटोबाट न्यायालय प्रवेश गरेका प्रधानन्यायाधीशलाई आफूहरुले मान्यता नदिने उनले बताए ।  सर्वोच्च अदालतको प्राङ्गणमा नेपाल बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले न्यायपालिका शुद्धीकरणको आन्दोलनबाट आफूहरु पछि हट्न नसक्ने बताएका हुन ।  ‘हामीले यसरी विरोध गरिरहेको समयमा प्रधानन्यायाधीश चोरबाटोबाट प्रवेश गरेको हो, यसलाई कुनै मान्यता दिएका छैनौ । हामील...