प्रिजेनको उपचारमा सहयोग गर्न एन्फालाई खेलाडी संघको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले प्रिजेन तामाङको उपचारमा सहयोग गर्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ । उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । खेलाडी संघले खेलाडीहरुकोतर्फबाट प्रिजेनको शीघ्र स्वास्थ लाभको कामना गर्दै एन्फालाई उपचारमा सहयोग गर्न आग्रह गरेको हो । […]