संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए । नेपालस्थित युनिभर्सल इन्रटेनसनल प्रालि र एलाइन्स ह्युमन रिसोर्स प्रालिले नेपाली कामदार पोल्यान्ड पठाउनेछन् । यी मध्ये एलाइन्सले महिला कामदार र युनिभर्सलले महिला तथा पुरुष दुवै कामदार पठाउने भएका छन् । रोजगारीका लागि ३ सय कामदारको माग आएको छ । जसमा महिला २ सय र पुरुष १ सय छन् । पोल्यान्डका तर्फबाट नोवा स्पोटका जो ओ कम्पनीले यस्तो कामदारको माग गरेको हो । यस कम्पनीले कृषि क्षेत्रका लागि सहायक कामदार माग गरको हो । नेपाली कामदारले पोल्यान्डमा मासुजन्य जनावर उत्पादन, कृषि र खेतीमा काम गर्नुपर्ने निर्देशक खनालले बताए । २०६७ साल असार २६ गते कामदार पठाउने पहिलो निर्णय भए पनि यही असार ३० गतेदेखि मात्र म्यानपावर कम्पनीहरूले विज्ञापन प्रकाशन गरेका छन् । पोल्यान्ड जानका लागि नेपाल सरकारले भिसा शुल्क, हवाई शुल्क, मेडिकल जाँच खर्च लगायत अन्य खर्चसमेत गरेर जम्मा ८० हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि त्यहाँ पूर्वस्वीकृति नलिई व्यक्तिगत सम्पर्कबाट मात्र कामदार जाने गरेको निर्देशक खनालले बताए । व्यक्तिगत सम्पर्कबाट कामदार जाँदा साढे २ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म तिर्ने गरेका थिए । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९  

सम्बन्धित सामग्री

कोरोनामा व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले गर्भपतनमा सहयोग

कोरोना महामारीका बेला सुरक्षित गर्भपतनका लागि व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले सहयोग गरेको बताइएको छ।

ओली–प्रचण्ड सत्ता सहकार्य : ६५ दिनमा औपचारिक रूपमै ‘ब्रेक’

काठमाडौँ । मंसिर ४ को आम निर्वाचनपछि गत पुस १० मा एकाएक बनेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सत्ता सहकार्य ६५ दिनमा औपचारिक रूपमै टुटेको छ । सोमबार

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी

मुम्बई, १५ असार । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् । सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् […]

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी

मुम्बई । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् । सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा […] The post सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्यारियटले औपचारिक रूपमै छाड्यो रुस

अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले रुस छाडेको छ । रुसमा स्थापना भएको २५ वर्षपछि म्यारियटले आधिकारिक रूपमै रुस छाडेको हो । कम्पनीले रुसको राजधानी मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गरेको छ ।रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि बहुराष्ट्रिय कम्पनीहरूले रुससँगको सम्बन्ध निरन्तर तोड्दै आएका छन् । यसैक्रममा म्यारियट होटलले पनि रुस छाडेको घोषणा गरेको हो । यसक्रममा म्यारियटले भनेको छ, ‘पश्चिमाले रुसमाथि लगाएको प्रतिबन्धका कारण होटल सञ्चालन असम्भव छ ।’रुसको भूमिमा म्यारियटको २२ व

युक्रेनमा स्थायी रूपमै बसेका बाहेक लगभग सबै नेपालीको उद्वार

काठमाडौं, फागुन २६ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औं दिन मंगलबार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ । युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काका […]

औपचारिक रूपमै फुट्यो एमाले, माधव नेपालको पार्टीले पायो दलको मान्यता

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्यले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले  प्रमाणपत्र पनि पाएको छ । एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो। ...

राजनीतिक मात्र होइन, वैधानिक रूपमै म संसदीय दलको नेता हुँ – प्रचण्ड

नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको टिप्पणी गरेका छन् । शुक्रवार सिंहदरबारको संसद सचिवालयमा बसेको बहुमत सांसदहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले वैधानिक ढंगबाट जिम्मेवारी पाएको बताए । 'यो पटक वैधानिक ढंगबाट संसदीय दलको मैले जिम्मेवारी पाएको छु,' प्रचण्डले भने, 'जो माननीय सदस्यहरू भ्रममा हुनुहुन्छ, केपी गुटमा हुनुहुन्छ, जिम्मेवारीका साथ यता आउन अपिल गरेका छौं ।' उनले आज बसेको संसदीय दलक...

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन कानूनी र संवैधानिक रूपमै असहज

नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१) अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले सार्थकता पाउन कठिन छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र संसद्को तेस्रो ठूलो दल जनता समाजवादीले दाहाल नेपाल समूहलाई पहिला आफ्नो दल स्पष्ट गर्न आग्रह गरेलगत्तै उनीहरूलाई ...