ए डिभिजन लिग : संकटाको सहज जित, आर्मी र थ्री स्टारले गोल रहित बराबरी

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आइतबार कै अर्को खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने म