नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन्। झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन् ।सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । “मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ”, उनले भने, “त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।” चुनावी