धादिङमा चर्छन् चितवनका मौरी

वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ ।

सम्बन्धित सामग्री

चितवनका मौरी धादिङमा चर्दै

वर्षात्मा आहार घट्न थालेपछि चितवनका कृषकले मौरी चराउन धादिङ ल्याएका छन् । मौरीलाई बच्चा उत्पादन गर्न फुल्न लागेको धान र मकै आवश्यक हुने भएकाले अर्को ठाउँमा चराउन लानुपर्ने हुन्छ ।

मौरी चराउन चितनबाट धादिङमा

पहाडी क्षेत्र मौरीको लागि उपयुक्त क्षेत्र मानिन्छ । पहाडी क्षेत्रमा चरेका मौरीका मह ग्राहकका लागि उपयुक्त मानिन्छ । व्यवसायिक मौरी पालनको सुरुवाती सँगै मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर चितवनका व्यवसायिक किसानहरु मौरी चरनका लागि सँगै जोडिएको पहाडी जिल्ला धादिङमा हुनुहुन्छ । मौरीले बच्चा उत्पादन गर्न फक्रिन लागेको धान र मकै आवश्यक हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा चराउन लानु पर्ने हुन्छ । त्यसलाई आहारा पनि अनिर्वाय हुने भएकाले आहारा पाइने र शान्त बतावरण भएका ठाँउहरुमा लाने गरेको चितवनबाट मैरी चराउन धादिङ आएका अर्जुन कार्की बताउनुहुन्छ । डे