वैदेशिक लगानीभित्रको विकृति : नेपाल प्रवेश गरेर नेपाली बैंकिङ क्षेत्रकै स्रोत उपयोग !

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को रुपमा आएका कम्पनीहरुले पनि नेपाली बैंकिङ क्षेत्रकै स्रोत उपयोग गर्न थालेका छन् । नेपालमा पुँजी आवश्यक महसुस गरी भित्र्याइएका एफडीआईका कम्पनीहरुले नेपालकै बैंकिङ क्षेत्रबाटै कर्जा लिएर आफ्नो व्यवसाय संचालन गर्ने गरेको पाइएको हो ।प्रत्यक्ष विदेशी लगानीको होङ्सी सिमेन्टले केही समयअघि एक बैंकबाट साढे ९ अर्ब रुपैयाँ कर्जा सीमा स्वीकृत गराएको थियो । यस्तै, ८ अगष्ट २०२२ मा एनसेलले २८ अर्ब ६४ करोड रुपैयाँ कर्जा लिनको लागि इक्रा नेपालबाट रेटिङ गराएको छ । एनसेलले सोअघि न