रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याए । रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन । तैपनि मलको हाहाकारले चर्को घाममा लामो समय लाइनमा बसेर मल पाउँदा भने उनी खुसी छन् ।“बिहान छदेखि दिउँसो तीनबजेसम्म चर्को घाममा लाइनमा बसेर निकै दुःखका साथ १० किलो मल पाइयो, त्यही भए पनि गोडमेल गरेको धानमा राख्न पाउँदा अभावका बीच खुसी नै हुनुपर्ने अवस्था सिर्जना भयो”,