पूर्णखोप लगाएका विदेशीलाई आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं । अष्ट्रेलियाले आज(डिसेम्बर १५)देखि पूर्णखोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ । पूर्णखोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो । यसबाट अष्ट्रेलियामा अध्ययन गरिरहेका र गर्न जाने नेपाली विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।