तामाको भाँडोका पानी किन पिउने ? स्वास्थ्यलाई फाइदै-फाइदा

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन: तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।  बुढ्यौलीको लक्षण रोक: ​तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लील...