सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा.भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरव्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानका