प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक