गाउँ छोडेर सहरमा आरन

सायल गाउँपालिका–४ का पदम विक विगत पाँच वर्षदेखि जिल्ला सदरमुकाम सिलगढीमा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । बाबुबाजेका पालादेखि आफ्नै गाउँमा आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएको उहाँको परिवार पछिल्लो समय सदरमुकाम सरेपछि गाउँका कृषकले सास्ती भोग्नुपरेको छ । अहिले सायलका कृषक कृषि औजार बोकेर एक दिनको यात्रा गर्दै पदमले सदरमुकाममा सञ्चालन गरेको आरनमा धाउने गरेका छन् ।