काठमाडौंँ उपत्यकामा ट्राफिक प्रहरीको ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनका यात्रुहरुलाई सचेत पार्ने उद्देश्यले ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा …