अर्घाखाँची – झन्डै तीन वर्षअघि सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको काफलपानी पँधेरो सुक्यो । त्यस ठाउँका ५० घरले पिउने पानी प्रयोग गर्ने पधेँरो हिउँदमा सुकेपछि टाढाको अर्को पँधेरोबाट पानी खान स्थानीयवासी बाध्य भए ।
रोजगारी र अध्ययनको सिलसिलामा युवायुवती गाउँमा नबसेपछि घरमा रहेका वृद्धवृद्धालाई निकै सास्ती भयो । तर गएकाे वर्ष ठूलो खडेरी लाग्दा समेत पानी नसुकेपछि स्थानीयवासी खुसी भएका छन् ।
युवा समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद भुसाल र पत्रकार हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोख...