दमक नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन् गर्दा तीन करोड ४४ लाखभन्दा बढी भ्रष्टाचार

अख्तियारले झापाको दमक नगरपालिकास्थित मावा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा ३करोड ४४लाख ११हजार २८८ रुपैयाँ अनियमितता गर्ने चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ्ग गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर विवेक कार्की, ठेकेदार किशन एण्ड दृष्टी विल्डर्स प्रा.लि.का सञ्चालक पुशपति उप्रेती र निशम कार्की विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।