राष्ट्रिय सभाका सदस्यहरूले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको विशेष समयमा उनीहरूले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरूलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे ।
नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एक...