त्रिवेणी गाउँपालिका –४ खाराकी २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा उहाँका जेठाजूका दुई छोराहरु संलग्न भएको पुष्टि भएको छ । प्रहरीले दुईदिनको अनुसन्धानपछि १५ र ११ वर्षका भतिजाहरु संलग्न भएको प्रमाणसहित बिहीबार सार्वजनिक गरेको छ । नाबालक भएकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।
गत सोमबार विभत्स हत्या गरिएको अवस्थामा मनकलाको शव भैँसी बाँध्ने गोठ नजिकैको मकै बारीमा भेटिएको थियो । भैँसीलाई घाँस हाल्न गएकी खड्का रातिसम्म नफर्किएपछि उनको खोजी भएको र खोजीका क्रममा बाटोभन्दा तीन काल्ना तल धारिलो हतियार प्रयोग गरी हत्या गएिको अवस्थामा उनको शव भेटिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली र