न्याय सेवा आयोगको बैठक आज, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने अपेक्षा

जिल्ला न्यायाधीशको नतिजा प्रकाशनका लागि आइतबार न्याय सेवा आयोगको बैठक बस्न लागेको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार आइतबार अपरान्ह १ः३० बजेका लागि आयोगको बैठक बोलाइएको छ ।कामु प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हालेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार आयोगको बैठक बोलाएका हुन् ।महाभियोग प्रस्ताव दर्ता हुनुअघि तीनपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगको बैठक बोलाएपनि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्

सम्बन्धित सामग्री

न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशनमा ढिलाइ

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सँगै बैठकमा बस्न सहमत नहुँदा न्याय सेवा आयोग र न्याय परिषद्को बैठक प्रभावित भएको छ । बैठक नबस्दा लोकसेवा आयोगले खामबन्दी गरेर पठाएको जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन न्याय सेवा आयोगको घाँटीमा अड्किएको छ । माघ १४ मा न्याय सेवा आयोगको बैठक बसेको थियो । तर, सो बैठकमा अनुपस्थित रहेका न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशको नतिजा प्रकाशन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्न अस्वीकार ग