राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिनुहुने भएको छ । उहाँकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्नुहुने भएको छ । राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उहाँकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको […]