विश्वभर फैलिएको कोभिड १९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी भने अझ बढी सतर्क हुनुपर्ने अवस्था छ । त्यसैले सबैजसो स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई पिपिइ (व्यक्तिगत सुरक्षा कवच) उपलब्ध गराइएको छ । तर यो वैशाख/जेठको उखरमाउलो गर्मीमा पिपिइ लगाउँदा निकै गाह्रो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।