पर्सा : नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन पहिलोपटक काठमाडौं उपत्यकाबाहिर हुन लागेको छ।यही फागुन २६ र २७ गते वीरगन्जमा हुने दुवै संस्थाको संयुक्त महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने दुवै संस्थाका पदाधिकारीहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरी बताएका हुन्। संयुक्त रूपमा एकै ठाउँमा हुने महाधिवेशनमा मुलुकभरबाट ६ सय ७८ जना उद्योगी व्यवसायी जम्मा हुने नेपाल घरेलु तथा साना उद्योग