नारायणी किनारका बासिन्दाका पीडा : राति निद्रा नै लाग्दैन

५ साउन, नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो वासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनी भन्छन्, ‘बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु […]