पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा

फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्‍याएका छन् । आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो ।पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो । खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे । बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगल

सम्बन्धित सामग्री

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

१७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो […]

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउटमा, क्यामरुनसँग ब्राजिल पराजित

विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो। शुक्रबार मध्यरातमा भएको खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३-२ गोलको जित निकाल्दै नकआउटमा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डलाई बराबरी गरे पर्याप्त हुने खेलमा उसले जार्दन साकीरीको गोलमार्फत अग्रता बनायो। तर पहिलो हाफमानै सर्बिया खेलमा फर्कियो। उसका लागि अलेक्सेन्डर […]

रोनाल्डो फ्लप भइ पोर्चुगल हार्दा सर्बिया विश्वकपमा छनोट

सर्बिया आगामी वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा छानिएको छ । युरोपेली छनोट अन्तर्गत समूह ए को खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै सर्बिया विश्वकपमा छानिएको हो ।