ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगैको वर्षाका कारण कम्तिमा २८ जनाको ज्यान गएको छ ।
‘जुलिया’ नामको आँधी र मुसलधारे वर्षाका कारण उनीहरुको ज्यान गएको विपद् अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जना तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाले ज्यान गुमाएका जानकारी दिएको छ ।
त्यस्तै एल साल्भाडोरको कोमासागुवा र ग्वाटाजियागुवा सहरमा घरको पर्खाल भत्किँदा पाँच जन...