सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ ।
श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलब दिन नै समस्या छ भने सरकारले कोरोना कोषबाट लामो समयका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने छ भन्दै अर्थमन्त्रीसमेत रहनुभएका खतिवडाले त्यस विषयमा वित्तीय संस्था तथा वाणिज्य बैङ्कसँग कुराकानी भएको जानकारी दिनुभयो ।