श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द, लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा

कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् । सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि कै ठूलो आर्थिक संकट सामना गरिरहेको छ । ‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्