फलेवासमा गठबन्धनले जिते विदुरलाई भत्तादेखि घरमै स्वास्थ्य सुविधासम्म

पर्वत : दुई नगरपालिका र पाँचवटा गाउँपालिकाहरू रहेको पर्वत जिल्लाको फलेवास नगरपालिका कुश्मा नगरपालिका पछिको दोस्रो नगरपालिका हो। साबिकका ११ वटा गाविसलाई गाभेर नगरपालिका घोषणा गरिएको फलेवासमा अहिले पनि नगरपालिकामा हुनुपर्ने जति पूर्वाधारको निर्माण र अन्य कुराको विकास हुन सकिरहेको छैन।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरूले नगरबासीलाई नगरपालिकाको अनुभूति हुने गरी कामहरू गर्ने प्रयास गरेको भए पनि ग्रामीण क्षेत्रहरू समेटेर बनाइएको नगरपालिका भएका कारण सबै क्षेत्रमा समानुप