प्राथमिकतामा नपर्दा काम सुस्त

बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो।