छनोटमा स्वर्ण जितेर पारालिम्पिकमा पलेसा

४ चैत, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले छनोट चरण पार गर्दै पारालिम्पिकमा छनोट हुने नेपाली खेलाडीको कीर्तिमान बनाइन् । चीनको ताइयाङमा आइतबार भएको पेरिस पारालिम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसको टिकट काटेकी हुन् । छनोट अन्तर्गत के ४४ विधाको महिला ५७ केजी तौलमुनि पलेसाले स्वर्ण जित्दै उक्त ऐतिहासिक उपलब्धी हासिल गरेकी हुन् […]

सम्बन्धित सामग्री

पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट - NepaliPatra

काठमाडौँ । नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् । पलेसाकी प्रशिक्षक कविराज नेगी लामाका अनुसार फाइनलमा उनले इरानकी तेल्ला मिजाईलाई पराजित गरिन् । त्यस अगाडि उनले सेमिफाइनलमा उज्वेकिस्तानकी […]

पलेसा प्यारालम्पिक गेम्सका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […] The post पलेसा प्यारालम्पिक गेम्सका लागि छनोट first appeared on हाम्रो खेलकुद.

साताका ७ तस्बिर

साताका ७ तस्बिरयस साता काठमाडौंको भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको १४औं महाधिवेशनका थुप्रै तस्बिरले कान्तिपुरमा प्राथमिकता पाए । यस्तै साझा बसमा कण्डक्टरको रुपमा कार्यरत महिला कामदारको तस्बिरले पनि कान्तिपुरमा चर्चा पायो । कपिलवस्तुको जगदीशपुर तालबाट देखिएको मनमोहक दृश्य, इलामको चियाबगान क्षेत्रमा निर्मित कृत्रिम हाते आकृति, बुद्धनगरको एक ब्यापारिक भवनको सीसा पुछिरहेकी महिलाका तस्बिरले पनि कान्तिपुरमा प्राथमिकता पाए । यस्तै एसियन युथ पारा गेम्समा पारा तेक्वान्दोमा स्वर्ण विजेता पलेसा गोवर्धन लगायतका तस्बिरले पनि कान्तिपुरमा प्रमुख स्थान पाएका छन् । तिनै प्रतिनिधिमूलक ७ तस्बिरहरू :