भक्तपुर : भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा परेको छ।आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा सङ्कटमा परेको हो। नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन्। उनको परिवारका सदस्यसमेत यो पेशाबाट विमुख हुँदै गएका छन्। पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने, यसको जवाफ कसैसँग छैन।प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाचसम