टी-२० वरीयतामा नेपालको सुधार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमको टी-२० वरीयता सुधार भएको छ। नेपालले टेष्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा सुधार गरेको हो। आइसिसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो।नेपालको १९ खेलबाट ३५५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक प्राप्त गरेको छ। दक्षिण अफ्रिकासँग तीन टी-२० सिरिजमा क्लिनस्विपको सिकार भएपछि आयरल्यान्ड १३ औं स्थानमा झरेको हो। १३ औं स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १ सय ७८ रेटिङ अंक