काठमाडौं । नेपालको सहकारी क्षेत्रका अग्रणी वरिष्ठ सहकारी विज्ञ सूर्यरत्न शाक्यको निधन भएको छ । मस्तिष्क घात र निमोनियाका कारण शिक्षण अस्पतालमा उपचाररत शाक्यको ८९ वर्षको उमेरमा निधन भएको हो । शाक्यको बिहीबार काठमाडौंको लुति, कर्णदीपमा अन्तिम संस्कार गरिएको छ । नेपालको सहकारी क्षेत्रकै धरोहरका रुपमा चिनिएका शाक्य सहकारी तालिम केन्द्रका पहिलो प्राचार्य हुनुहुन्थ्यो । […]