‘विदेशबाट बिदामा स्वदेश आउ तर जागिरै छाडेर घर नआउ, देशले जागिर दिँदैन’

तिहार सुरु भइसक्यो । के गाउँ के सहर झिलिमिली भएको छ । दशैँ मान्ने गरी घर फर्कनुभएका तपाईँहरू मध्ये कतिपय साथीहरू त विदेश फर्किसक्नुभयो होला । कतिपयको हिजोआजकै टिकट पनि होला । यसै त देश छाड्दा मन भारी हुन्छ । त्यसमाथि तिहार मनाउन नपाउँदाको पीडा पनि साथैमा लिएर परदेश उड्दा मन कति दुख्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।  कतिपयले भने दशैँ तिहार दुवै मनाउन पाउनुभएको होला । तर परदेशी साथीहरू अहिले नेपालमा चाडबाड मनाउन सजिलो छैन ।  परिवार, आफन्त नातागोता सबै सँगै भएर चाडबाड मनाउन पाउँदा मन त रम्छ नि ...